पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लागेर ४ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लागेर ४ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८२, सोमबार

    ताप्लेजुङ, ८ वैशाख । ताप्लेजुङमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट करेन्ट लागेको हो ।

    बिजुलीको तारबाट लत्रिएको तारबाट बोलेरो जीपमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ । घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् ।

    पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

    गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए ।

    प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भीम दाहालले मृतकको नाम सनाखत हुन बाँकी रहेको बताए ।