ऑबुखैरेनी बजार क्षेत्रलाई ‘नो हर्न’ बनाउन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी बजार क्षेत्रलाई ‘नो हर्न’ बनाउन माग

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८२, सोमबार

    दमौली, ८ वैशाख । ऑबुखैरेनी बजार क्षेत्रलाई ‘नो हर्न’ बनाउन माग गरिएको छ। ऑबुखैरेनी सेवा समाजले इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई सोमबार ज्ञापनपत्र बुझाउँदै बजार क्षेत्रलाई ‘नो हर्न’ क्षेत्र बनाउन माग गरेको हो ।

    ऑबुखैरेनी बजारस्थित ठूला तथा साना सवारी साधनहरूको चाप र त्यस सवारी साधनहरूको चालहरूबाट यात्रु चढाउनको लागि हतार-हतारमा सवारी साधन हकाई गर्ने कार्य भएको हुँदा र अनावश्यक रूपमा जथाभावी हर्न बजाउने गरिएको पाईएको हुँदा उक्त आवाजले बजार क्षेत्रलाईनै ध्वनी प्रदूषण बढाएको समाजका अध्यक्ष मनोजकुमार श्रेष्ठले बताए ।

    ध्वनी प्रदूषणबाट यहाँका मानिसहरूलाई निकैनै असर परेको हुँदा यस्ता कार्यलाई रोक लगाई आँबुखैरेनी बजार क्षेत्रलाई नो हर्न क्षेत्र बनाउनका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको उनले बताए ।

    साथै यस क्षेत्रमा गुड्ने कुखुरा तथा तरकारी बोक्ने गाडीहरू तीव्र गतिमा गुड्ने र त्यस्ता गाडीहरुको चालहरूलाई गति सीमित गर्नका लागि ट्राफिक प्रहरीहरूबाट स्कोलिङ्ग दिनको लागि अनुरोध गरिएको छ ।