सूनको मूल्य एक लाख ९१ हजार पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सूनको मूल्य एक लाख ९१ हजार पुग्यो

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८२, सोमबार

    काठमाडौ, ८ वैशाख । नेपाली बजारमा आज (सोमबार) फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।