


रसुवा, २९ भदौ । तनहुँ–२ का सांसद श्रीराम न्यौपानेका अनुसार चिलिमे सुरुङमा भइरहेको उद्धार तथा सफाइको काम विभिन्न चरणमा अघि बढिरहेकाले प्रगतिको दूरी फरक देखिएको छ।
न्यौपानेका अनुसार सुरुङको माथिल्लो भागतर्फ नेपाली सेनाले हातैले खनेको दूरी हिजो साँझसम्म १०५ मिटरभन्दा बढी पुगेको थियो।
त्यस्तै, सुरुङको माथिल्लो भागसम्म भरिएको लेदो तथा सामग्री हटाउन उत्खनन गर्ने मेसिन प्रयोग गरी ८० मिटरभन्दा बढी दूरीसम्म काम भएको छ।
तल्लो भागसम्म जमेको लेदो हटाएर सफा गर्ने क्रममा पाङ्ग्रे लोडर प्रयोग गरी ७० मिटरभन्दा बढी दूरीसम्म सफाइ गरिएको छ।
न्यौपानेले उल्लेखित सबै तथ्यांक हिजो साँझसम्मका रहेको र काम निरन्तर भइरहेकाले हालसम्म थप प्रगति भइसकेको जानकारी दिएका छन्।
उनका अनुसार सुरुङमा भइरहेको कामको चरण र प्रकृति फरक भएकाले प्रगतिको दूरी पनि फरक देखिएको हो।