काठमाडौ, १० वैशाख । नेकपा एमालेका सांसद रघुजी पन्तलाई शिक्षा मन्त्री बनाउने भएको छ।
उनलाई शिक्षा मन्त्री बनाउने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए।
विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गर्ने व्यवस्था छ।