दमौली, १३ वैशाख । व्यास नगरपालिका-६ कलेस्तीमा संचालित एक्सरेद्वारा छाती रोग परीक्षण शिविरबाट ५२९ जना लाभान्वित भएका छन् ।
प्रदेश क्षयरोग अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरमा विभिन्न ठाउँका उक्त वासिन्दा लाभान्वित भएका हुन् ।शिविरमा १८ जनाको जटिल समस्या पहिचान भएको व्यास नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिइन् ।
शिविरमा प्रदेश क्षयरोग अस्पतालका डा.अपिल पोख्रेल, डा.तिलकमानसिंह भण्डारी तथा रेडियोग्राफर धनराज पौडेल ,ल्याब टेक्निसियन राजेन्द्र रानाभाट लगायतको समूहले प्राविधिक सहयोग गरेको थियो ।