दमाैली, १४ वैशाख । सामाजिक अभियान्ता सुदीप गफ्फारले माता तीर्थ औंसीका अवसरमा आइतबार तनहुँका दुई वृद्धाश्रमका रहेका आमाहरुलाई टिसर्ट र बिस्कुट सहयोग गरेका छन् । उनले व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमका पाँच र पाटनस्थित परोपकार महासङ्घ पराशर आश्रमका पाँच आमाहरुलाई टिसर्ट सहयोग गरेका हुन् ।
आमाको मुख हेर्ने दिनमा आश्रमका आमाहरुसँग खुसी साट्ने उद्धेश्यसहित आफूले सहयोग गरेको उनकाे भनाइ छ । उनले भने “विविध कारणले उहाँहरु आश्रम आइपुग्नुभयो । यो पवित्र दिनको अवसर पारी उहाँहरुसँग खुसी साटासाट गर्ने उद्धेश्यले सानो सहयोग गरेको हुँ ।”