टहरोमा बस्दै आएका ‘कान्छा दाइ’ को घर निर्माण गर्ने अभियान्ता पन्तकाे अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    टहरोमा बस्दै आएका ‘कान्छा दाइ’ को घर निर्माण गर्ने अभियान्ता पन्तकाे अभियान

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०८२, आईतवार

    दमाैली, १४ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ नयाँ गाउँ बस्ने डम्बरबहादुर थापा मगर ‘कान्छा दाइ’को घर निर्माणका लागि सामाजिक अभियान्ता शङ्कर पन्तले अभियान थालनी गरेका छन् ।

    टिनको टहराले बारेर धेरै वर्षदेखि बसोबास गर्दै आएका उनको घर निर्माणका लागि पन्तले अभियान सुरु गरेका हुन् । मानसिक अवस्था कमजोर रहेकी आमासँग बस्दै आएका उनी दिउँसोको समयमा भारी बोक्ने काम गर्छन् ।

    उनको अवस्थाका बारेमा जानकारी पाएर सम्बन्धित स्थलमा पुगेर अनुगमन गर्दा निकै दयनीय अवस्था देखेको पन्तले बताए । उनले भने, “दाइको आमाको मानसिक सन्तुलन पनि कमजोर रहेछ । आमाको स्याहारसुसार पश्चात् दिउँसोको समयमा भारी बोकेर दैनिक गुजारा गर्ने गरेको थाहा पायौ ।”

    केही सहयोग गर्छु भनेर सोध्दा घर बनाउने रहर छ भनेपछि उनको घर निर्माणको प्रयास थालिएको पन्तले बताए । घर निर्माणका लागि केही व्यक्तिबाट सहयोग सङ्कलन भइसकेको उनको भनाइ छ ।

    वडाध्यक्ष दीर्घबहादुर थापाले पनि घर निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।