आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, सरकारलाई आठ अर्ब दायित्व थपिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति, सरकारलाई आठ अर्ब दायित्व थपिने

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०८२, बुधबार

    काठमाडाै, १७ वैशाख । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ। सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री रजुजी पन्तले निर्णयहरू सार्वजनिक गरेका हुन्। 

    वार्तापछि पत्रकार सम्मेलनमा शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने उनले जानकारी दिए।

    सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार जानकारी लिने गरेको, निर्देशन दिने गरेको भन्दै शिक्षामन्त्री पन्तले धन्यवाद दिए।