शुक्लागण्डकीका राजेश पाण्डेकाे सक्रियतामा भारतबाट राकेशकाे उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका राजेश पाण्डेकाे सक्रियतामा भारतबाट राकेशकाे उद्धार

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८२, बिहीबार

    दमाैली, १८ वैशाख । शुक्लागण्डकीका सामाजिक अभियान्ता राजेश पाण्डेले प्रलाेभनमा पारी भारत लगिएका भिमादका राकेश परियारकाे उद्धार गरेका छन् । श्रमिक दिवसकै दिन बिहीबार पाण्डेकाे सक्रियतामा परियारलाई नेपाल उद्धार गरी ल्याइएकाे छ ।

    केही दिन अघि उनलाई आफन्तले भारत लगेका थिए । राम्राे जागिरको अवसर, बढी आम्दानी र राम्रो जीवनको आशा देखाइ भारत पुर्याइ दिल्ली पुर्याइएका उनलाई विकट गाउँमा लगिएकाे थियाे । उनलाई राेजगारदाताले अभद्र र दुव्यर्वहार गरेकाेबारे उनले पाण्डेलाई फेसबुककाे म्यासेज मार्फत् जानकारी गराएका थिए ।

    पाण्डेले भने, ‘पहिला म सँग पनि सानोतिनो रोजगारी गरी राखेकाे राकेशले मलाई सबै कुरा फेसबुकको भ्वाइस कल मार्फत सुनाएपि मैले म भारतमा रहँदा सँगै पढेका साथीहरु, भाइको आफन्तहरु, अनि भारतको रोजगारदातासँग कुरा गरेर व्यक्तिगत दस हजार रुपैयाँ खर्च गरेर भाइलाई दिल्लीबाट आज नेपाल झिकाउन सफल भएको छु ।’

    अहिले मजदुरी गर्ने युवाहरुलाई विभिन्न प्रलोभन देखाएर भारत काम गर्न लैजानेको बिगबिगी बढेको र त्यहाँ पुगेपछी उनीहरुलाई दु:ख, यातना र अभद्र व्यवहार गर्ने गरेको पाइएकले सम्बन्धित निकायले ध्यान दिनुपर्ने पाण्डेकाे सुझाव छ ।