बेनीटारबाट लागुऔषध सहित म्याग्दीका दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बेनीटारबाट लागुऔषध सहित म्याग्दीका दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८२, शुक्रबार

    दमाैली, १९ वैशाख । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र ब्रुप्रेनोर्फिन ५० एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा म्याग्दी घर भएका २० वर्षीय सुजल छन्त्याल र २० वर्षीय मिस्सल पुन रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।