काठमाडाै, १९ वैशाख । रोटरी काठमाण्डौ हेरिटेजद्धारा निशुल्क स्वास्थ शिविर आयोजना गरेको छ । काठमाण्डौंको गुहेश्वरी स्थित बाल सारथी एकेडेमीमा आयोजना गरिएको उक्त शिविरमा एकेडेमीका बिद्यार्थीहरु र स्थानियहरु सहित २५० जनाले निशुल्क स्वास्थ जांच गराउनुको साथै उनिहरुलाई निशुल्क औषधीहरु समेत बितरण गरिएको थियो । शिविर आयोजना गर्नको लागि शान्ति सेवा गृहले डाक्टर तथा अन्य मेडिकल टिम सहयोग गरेको थियो ।
कार्यक्रममा सेवाग्राहीहरुको निशुल्क रक्त परिक्षण, स्वास्थ परिक्षण, दन्त परिक्षण, फिजियोथेरापी सेवा तथा अन्य बिभिन्न किसिमका रोगहरुको निशुल्क परामर्श उपलब्ध गराउनुको साथै स्वास्थ परिक्षण गरिएकाहरुलाई निशुल्क जुकाको औषधी, लिटो, सातु, दन्त मन्जन, ब्रश तथा अन्य बिभिन्न औषद्यीहरु उपब्ध गराईएको क्लवका सचिव डा. बुद्धि मल्लले जानकारी दिए ।
क्लबले यसअघि क्यान्सर सचेतना तथा अर्काे क्लबसंग मिलेर संयुक्त रुपमा निशुल्क स्वास्थ शिविर आयोजना गरिसकेको छ ।