सूचना तथा सञ्चार प्रविधि दिवसमा क्यान तनहुँद्वारा सचेतनामूलक कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सूचना तथा सञ्चार प्रविधि दिवसमा क्यान तनहुँद्वारा सचेतनामूलक कार्यक्रम

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८२, शुक्रबार

    दमाैली, १९ वैशाख । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकाे अवसरमा कम्प्युटर एशाेसिएसन महासंघ तनहुँले सचेतनामूलक कार्यक्रम गरेकाे छ । उक्त दिवसकाे अवसरमा क्यान तनहुँले शुक्रबार साइवर सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयाेजना गरेकाे हाे ।

    कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्ने बताए ।

    क्यान महासंघ तनहुँका अध्यक्ष सुशीलकुमार श्रेष्ठकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशाेककुमार श्रेष्ठ, क्यान महासंघका गण्डकीका पूर्व अध्यक्ष तुल्सीराम पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

    May be an image of 9 people, crowd and text
    May be an image of 11 people and textMay be an image of 10 people and text that says 'SIDDHART SIDOHARTNA.MOIEL HA HOTEL 065 065-5907 साइबर अपराध न्यूनिकरण गरों E'May be an image of 8 people and text

    धेरैजसो नेपाली युवाहरु साइबर सेवा प्रयोगकर्ताको रुपमा देखिएको र उनीहरुबाट जानाजान वा अन्जानमा साइबर अपराधका घटना बढ्दो अवस्थामा रहेकाले सचेतनामूलक कार्यक्रम गरिएको महासङ्घ तनहुँका सचिव मिन कुंवरले जानकारी दिए ।

    उक्त कार्यक्रममा पूर्व डिएसपी भाेजराज पाण्डेले प्रशिक्षण दिएका थिए ।