नीति तथा कार्यक्रम सन्तुलित र प्रतिफलमुखी : योगेश भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नीति तथा कार्यक्रम सन्तुलित र प्रतिफलमुखी : योगेश भट्टराई

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८२, शुक्रबार

    काठमाडौं, १९ वैशाख । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सन्तुलित भएको बताएका छन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

    उनले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यका विषयमा बढी जोड दिइएको बताए । शिक्षालाई व्यावसायिक र प्राविधिक धारको रूपमा विकास गर्ने नीतिमा आएको उल्लेख गरे । १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई आत्मनिर्भर हुने गरी स्व:रोजगारको व्यवस्था गर्ने सकारात्मक पक्ष भएको उनको भनाइ छ ।

    उनले स्वास्थ्य सेवालाई सहज बनाउन स्वास्थ्य बिमा कार्यक्रममा जोड दिएको उल्लेख गरे । राष्ट्रिय गौरवका आयोजनाहरूको पूर्वाधार विकासलाई प्राथमिकीकरण गरी प्रतिफलमुखी बनाउन नीति तथा कार्यक्रममा जोड दिएको उनको भनाइ छ ।