एकीकृत समाजवादी तनहुँले बुझायो ज्ञापनपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एकीकृत समाजवादी तनहुँले बुझायो ज्ञापनपत्र

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८२, शुक्रबार

    दमाैली, १९ वैशाख । नेकपा एकीकृत समाजवादी तनहुँले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रकाे निर्देशन बमाेजिम साे पार्टीले प्रजिअमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएकाे हाे ।

    ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ मूल नाराको साथ एकीकृत समाजवादी आन्दोलनमा होमिएको छ । पहिलो चरणमा ज्ञापनपत्र बुझाउने, अन्तरक्रिया, बैठक आदि कार्यक्रम मार्फत जनतामा सन्देश लैजाने र दोस्रो चरणमा कोणसभा, जुलुस, धर्ना जस्ता कार्यक्रमबाट भ्रष्टाचार, तस्करी, विविध क्षेत्रमा भएका विकृति, विसङ्गतिका विरुद्ध खबरदारी गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज विद्या ढकालले बताए ।

    अहिलेको जल्दोबल्दो समस्या बेरोजगारी रहेकाले रोजगारी सिर्जना पार्टीको सर्वप्रमुख एजेन्डा रहेको उनले बताए । जनताका मूलभूत समस्यालाई लिएर गरिने आन्दोलनमा आम जनताको साथ रहने समेत उनको दावी रहेको छ । जिल्ला इन्चार्ज विद्या ढकाल, सह इन्चार्ज कलिला खान, प्रदेश र जिल्ला तहका नेताहरूको उपस्थितिमा जिल्ला अध्यक्ष काजिमान श्रेष्ठ मार्फत ज्ञापनपत्र बुझाइएकाे थियाे ।