तनहुँ प्रहरीकाे सफलता : कर छलेर ल्याइएका सामग्री नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ प्रहरीकाे सफलता : कर छलेर ल्याइएका सामग्री नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०८२, शुक्रबार

    दमाैली, १९ वैशाख । कर छली गरी ल्याइएका सामग्री जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ । प्रहरीले आँबुखैरेनी गाउँपालिका–२ र व्यास नगरपालिका–१ तालघरेबाट कर छली गरी कवाडी सामान बोकेका सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कारवाही गरेको हो ।

    नियन्त्रणमा लिइएका सवारी साधनबाट रु पाँच लाख ३८ हजार जरिवाना सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    प्रहरीले आँबुखैरेनी गाउँपालिका–२ स्थित ट्राफिक पोष्टबाट ना ६ ख ४०४६ नम्बरको सवारी साधन नियन्त्रणमा लिएको थियो । उक्त सवारी साधनलाई आवश्यक कारवाहीका लागि करदाता सेवा कार्यालय कास्की पठाइएकामा रु ४० हजार जरिवाना भएको छ । त्यस्तै व्यास नगरपालिका–१ तालघरेबाट ग १ ख ६९३ नम्बरको सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय दमौली पठाइएकामा रु चार लाख ९८ हजार जरिवाना सङ्कलन भएको प्रहरीले जनाएको छ ।