दमौली, २३ वैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले कार्यक्षेत्रभित्रका तीन जिल्लामा अनुगमन गरेको छ । कार्यालयले तनहुँ, नवलपुर र लमजुङमा अनुगमन कार्यलाई निरन्तरता दिएको हो।
त्यसक्रममा १८ हजार भन्दा बढी मूल्यका म्याद सकिएका सामग्री नष्ट गरिएको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिए ।
कार्यालयले वैशाख १९ गते नवलपुरको गैडाकोट, २२ गते तनहुँको दमौली, २३ गते नै शुक्लागण्डकी र लमजुङका विभिन्न पसलको अनुगमन गरिएको छ।
दमौलीमा कार्यालय रहेको उक्त डिभिजनले तनहुँ, गोरखा, लमजुङ, मनाङ र नवलपुरमा अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ ।