व्यास-३ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास-३ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८२, बिहीबार

    दमौली, २५ वैशाख । व्यास नगरपालिका-३ को वडा कार्यालय भवन निर्माण हुने भएको छ। नेपाल टेलिकम कार्यालयसँगै रहेको जग्गामा वडा कार्यालय भवन निर्माण गर्न लागिएको हो । उक्त भवनको शुक्रबार शिलान्यास गरिदैछ ।

    जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त जग्गा मन्त्रिपरिषद्ले वडा कार्यालय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको थियो ।

    हाल निमचोकस्थित एक घरमा भाडामा वडा कार्यालय सञ्चालन हुँदै आएको छ । आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष अनुप रानाले जानकारी दिए ।