काठमाडौंको मखनमा आगलागी, एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौंको मखनमा आगलागी, एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८२, बुधबार

    काठमाडौ, ३१ वैशाख । काठमाडौ-२४ स्थित मखन टोलमा आगलागी भएको छ । मखन टोलको महादेव चोकमा रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । आगलागीमा एक जनाकाे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    आडैमा रहेको रूकेश श्रेष्ठको ५ तले पक्की घरमा आगो सल्किएको छ भने समग्रमा चारवटा घरमा आगाे लागेकाे बताइएकाे छ । 

    आगलागी भएको घरमा रहेकाहरूको उद्धार गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि जुद्ध बारूद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकलको प्रयोग भएको छ । प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली आगो नियन्त्रणमा खटिएको छ ।