चितवनमा आठ ठाउँमा मोटरसाइकस दुर्घटना, एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा आठ ठाउँमा मोटरसाइकस दुर्घटना, एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८२, आईतवार

    चितवन, ४ जेठ। जिल्लाका विभिन्न ठाउँमा शनिबार मध्याह्नदेखि आइतबार बिहान सबेरैसम्म आठ ठाउँमा भएको मोटरसाइकल तथा स्कुटर दुर्घटनामा एक जनाको निधन भएको छ । आठ दुर्घटनामध्ये चार ठाउँमा मोटरसाइकल अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जानकारी दिएको छ ।

    चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालका अनुसार मोटरसाइकल दुर्घटनामा परेर पर्सा ठोरी गाउँपालिका–१ का ५५ वर्षका गमबहादुर कुँवरको निधन भएको छ । काम विशेषले भरतपुर आएर फर्कँदै गरेका कुँवरले चलाएको बा प्र ०३–००३ प २०७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार मध्याह्न १२ बजेर ४० मिनेट जाँदा भरतपुर महानगरपालिका–१४ नमस्ते चोकको बाटो छेउको पोलमा ठोक्किएको डिएसपी खनालले बताए । सख्त घाइते भएका कुँवरको भरतपुरको सरकारी अस्पतालमा उपचारका क्रममा दिउँसो पौने दुई बजेतिर निधन भएको डिएसपी खनालले जानकारी दिए । 

    डिएसपी खनालका अनुसार गएराति सवा दुई बजेतिर नारायणगढ लायन्स चोकमा पनि बा प्र ०६–००५ प ०१३२ नम्बरको मोटरसाइकल पनि आफैं अनियन्त्रित भएर पल्टेको छ । मोटरसाइकल पल्टँदा चालक भरतपुर महानगरपालिका–२३ का ३० वर्षीय प्रशान्त घतानेको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको डिएसपी खनालले बताए ।

    भरतपुर–२५ बसकठ्ठामा पनि प्रदेश ३–०३–००१ प ९२०२ नम्बरको मोटरसाइकल आज आइतबार बिहान सबेरै सवा पाँच बजे अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीले जनाएको छ । मध्यम अवस्थामा रहेका घाइते मोटरसाइकल चालकको नाम ठेगना खुलेको छैन ।