गाेरखा, ४ जेठ । गोरखाकी पूर्णिमा श्रेष्ठ पाँचौँ पटक सगरमाथा शिखर चुम्न सफल भएकी छिन् । आइतबार बिहान ३:३७ बजे पाँचौ पटक सगरमाथाको सफल आरोहण गरेकी हुन् । चौथो शिविरबाट शनिबार साँझ सातबजे प्रस्थान गरेकी उनले बिहान ३:३७ बजे शिखरमा पाइला टेकेकी आरोहण व्यवस्थापन गरेको कम्पनी सतोरी एड्भेञ्चर प्रालिले जनाएको छ ।
नेवार समुदायबाट सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने उनै कहलाएकी सो कम्पनीका ऋषि भण्डारीले जानकारी दिए । उनी अहिले दोस्रो आधार शिविरतिर फर्किदै गरेको उनले बताए । यसअघि गतवर्ष यही सिजनमा १२ मे, १९ मे र २५ मेमा उनले दुई हप्ताको अन्तरालमा तीनपटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् ।
त्यसअघि उनले २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्लो १४ वटा हिमाल आरोहण गरिसकेकी उनले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायतका हिमाल आरोहण गरेर विभिन्न शीर्षकका किर्तिमान कायम गरिसकेकी छन्। (अन्नपूर्ण पाेष्टबाट)