वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०८२, सोमबार

    चितवन, ५ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुन सक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु गरिएको छ। गत वर्षको असारमा सिमलतालमा दुईवटा बस पहिरोले बगाएपछि त्यस खालको समस्या नआओस् भन्नका लागि सावधानी अपनाइएको हो।

    डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर नारायण लामिछानेका अनुसार संवेदनशील ठाउँहरूमा पहिरो नियन्त्रणका काम भएका छन्। गत वर्ष घटना भएको सिमलतालको माथिल्लो भागमा लेदो बगेर नआओस् भन्नका लागि साना ‘चेक ड्याम’ निर्माण गरिएको उनले बताए । यस्तै, मौरी खोला पुलको माथिल्लो भागमा पनि चेक ड्याम र खोल्सो बनाउने (लाइनिङ) को काम भएको छ।

    कालीखोलालगायतका जोखिमयुक्त ठाउँहरूमा पनि आवश्यकताअनुसार पहिरो रोकथामका काम भएको उनले बताए। उनले भने, ‘यो वर्ष पहिरोले दुःख नदेला भन्ने अपेक्षा गरौँ।’ पहिरो आइहालेमा तत्काल पन्छाउने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए।

    कार्यालयले सडकखण्डको सेतीदोभान क्याम्पमा ब्याक्होलोडर, ट्रक, स्काभेटर, लोडर, मिनी टिपरसहितका उपकरण राखिएको जानकारी दिए। त्यसैगरी, भरतपुरस्थित कार्यालयमा पनि यस्ता उपकरण तयारी अवस्थामा राखिएको छ।