दमाैली, ६ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो बस दुर्घटना भएको छ । पोखराबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६८४१ नम्बरको बस घुम्तीस्थित सडकभन्दा तल खोल्सामा खसेको हो ।
दुर्घटनाका घाइतेहरुलाई उद्धार गरेर प्रदेश अस्पताल दमौली पठाइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँले घाइतेहरुको विवरण सङ्कलन भइरहेको जानकारी दिएको छ ।