प्रहरी कर्मचारीहरुलाई स्पोर्ट जुत्ता वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रहरी कर्मचारीहरुलाई स्पोर्ट जुत्ता वितरण

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८२, मंगलवार

    दमौली, ६ जेठ । जिल्ला प्रहरी कार्यालय तनहुँले प्रहरी कर्मचारीलाई स्पोर्ट्स जुत्ता वितरण गरेको छ ।

    तनहुँमा कार्यरत प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिवृद्वि गर्ने हेतुले कार्यालयको आन्तरिक स्रोतबाट जुत्ता खरिद गरी वितरण गरिएको हो ।

    परीक्षा भत्ता, फैसला कार्यान्वयन प्राप्त रकमबाट एक सय ६२ जना कर्मचारीलाई मंगलबार आयोजित कार्यक्रममा प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जुत्ता प्रदान गरेका छन् ।