भिरबाट लडेर मृत्यु भएका दुई जनाको शव परिवारको जिम्मा लगाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    भिरबाट लडेर मृत्यु भएका दुई जनाको शव परिवारको जिम्मा लगाइयो

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८२, मंगलवार

    दमाैली, ६ जेठ । तनहुँको ऋषिङ गाउँपालिका–३ स्थित टोर्के सामुदायिक वनमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएका दुई जनाको शव आज परिवारको जिम्मा लगाइएको छ । सोमबार बिहान घाँस काट्ने क्रममा लडेर ऋषिङ गाउापालिका–३ बस्ने ६२ वर्षीया श्रीमाया राना र २६ वर्षीया खिमसरा मगरको मृत्यु भएको थियो ।

    घाँस काट्न वनमा गएका उनीहरु अबेरसम्म नफर्किएपछि स्थानीयवासीले खोजतलास गर्ने क्रममा श्रीमाया सालको रुखमा र खिमसरा वनमाराको झ्याङमा अड्किएर मृत अवस्थामा फेला परेका थिए ।

    मृतकका आफन्त तथा स्थानीयवासीहरुसँग सोधपुछ गर्दा घाँस काट्ने क्रममा भिरबाट लडी मृत्यु भएको भन्ने बुझिएको घटनास्थल जाँच समेतको प्रारम्भिक अनुसन्धान पश्चात् आफन्तबाट भिरबाट लडी भवितव्य ज्यान मुद्धा शीर्षकमा जाहेरी दरखास्त परेको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए। दुवै शव मङ्गलबार परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको उनले बताए ।