काठमाडौं । नेपाल प्रहरीका डीआईजी सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाहलाई बढुवा सिफारिस गरेको हो ।
उनी गत वैशाखको बढुवामै एआईजीका दावेदार थिए । वहालवाला एआईजी लालमणि आचार्य उमेरदहका कारण जेठ १० गते अवकाश हुँदैछन् । त्यसपछि रिक्त हुने पदका निम्ति शाह सिफारिस भएका हुन् ।