दमाैली । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र अन्तर्गत थर्पु फिडरबाट वितरित विभिन्न ठाउँमा बुधबार सात घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ । विगत केही दिनदेखि रूख हाँगाले छाेइएर तथा विभिन्न स्थानमा हावाहुरी चल्दा तारहरू सर्ट भई विद्युत सेवा अवरुद्ध हुने गरेकाले बाँस, रुखहाँगा काट्ने, तार तन्काउने कार्यका लागि बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म विद्युत अवरुद्ध हुने जनाइएकाे छ ।
साे समयमा थर्पु फिडरवाट विद्युत आपुर्ति हुने व्यास नगरपालिका-५ र ६, म्याग्दे गाउँपालिका-७ का स्थानहरू (पतेनी, सागे, वाह्रबिसे, क्रियापानी, हर्कपुर, पयेर, रानीटारी, नेपालटार, चुदेर लगाएतका स्थानहरू) मा विद्युत अवरुद्ध हुनेछ ।