दमौलीको सहिद गेट पुननिर्माण गर्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीको सहिद गेट पुननिर्माण गर्न माग

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०८२, बुधबार

    दमौली, ७ जेठ । मुग्लिन पोखरा सडक विस्तारका क्रममा भत्किएको दमौलीको सहिद गेट पुननिर्माण गर्न माग गरिएको छ । नेकपा बहुमतले मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) लाई ज्ञापनपत्र बुझाउँदै गेट पुननिर्माणमा सघाउन आग्रह गरेको हो ।

    सो पार्टीका इन्चार्ज नेत्र रानाभाटले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘हाम्रो पाटी विस्थापनमा परेको गेट पुननिर्माण अभियानमा जुटेको कुरा सहर्ष जानकारी गराउँदै यस आयोजनाले निर्माण गर्ने वा सो को लागत उपलव्ध गराई वीर सहित तथा बेपत्ता योद्धाको सम्मानार्थ सहयोग गरी दिनुहुन अनुरोध गरिन्छ ।’