दमौली, ७ जेठ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा बुधबारदेखि दमौलीमा भलिबल प्रशिक्षण सुरु भएको छ । दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य सहित समितिले व्यास नगरपालिका-३ खुल्ला मैदानमा प्रशिक्षण सञ्चालन गरेको हो ।
प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले खेलाडीको सीप विकासका लागि प्रशिक्षण महत्वपूर्ण रहेको बताए ।
समितिका अध्यक्ष अनिल पाण्डेका अनुसार प्रशिक्षण कार्यक्रम १५ दिनसम्म सञ्चालन हुनेछ ।