शंकर पोखरेलको दाबी : अहिलेको सत्ता गठबन्धनले ८४ को चुनाबसम्म निरन्तरता पाउँछ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    शंकर पोखरेलको दाबी : अहिलेको सत्ता गठबन्धनले ८४ को चुनाबसम्म निरन्तरता पाउँछ

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०८२, बुधबार

    दाङ, ७ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन् ।

    प्रेस चौतारी दाङ शाखाले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताए ।

    सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र काँग्रेस मिलेर सरकार संचालन गरेको बताए ´दुइ दलबीच असमझदारी हुँदासम्म सरकार ढल्दैन् ।

    महासचिव पोखरेलले भने,-´असमझदारी नभए कसैले सरकार ढल्छ भन्नै पर्दैन् । सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकार कुनै एकदलको नीतिमा नभइ सामूहिक नीतिका आधारमा चलाइने बताए ।