दमौली, ११ जेठ । दमौलीमा धेरै विद्यार्थी अध्ययन गर्ने सत्यवती माध्यमिक विद्यालयको प्रधानाध्यापकमा इन्द्रप्रसाद पौडेल नियुक्त भएका छन् । व्यास नगरपालिकाले पौडेललाई प्रधानाध्यापकमा नियुक्त गरेको हो ।
यसअघि समेत सोही विद्यालयको प्रधानाध्यापक रहेका पौडेललाई नगरपालिकाले दोस्रो पटक प्रधानाध्यापकको जिम्मेवारी दिएको हो ।
पौडेललाई आइतबार विद्यालय व्यवस्थापन समितिले बधाई ज्ञापन गरेको छ ।