युवा संघको नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा थेबे र पुरी भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    युवा संघको नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा थेबे र पुरी भिड्दै

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८२, सोमबार

    पोखरा, १२ जेठ । नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको नेतृत्वका आज मतदान हुँदै छ । निर्वाचन समितिले सूचना टाँस गर्दै बिहान ८ बजेदेखि मतदान हुने जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जारी गरेको सूचनाअनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

    विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ । पोखरामा पहिलोपटक युवा संघको महाधिवेशन भएको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी १०औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न शुक्रबार (जेठ ९) उद्घाटनसत्रमा आग्रह गरेका थिए । सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धा गर्न उनले निर्देशन दिएका थिए ।