कांग्रेस बैठकमा गृहमन्त्रीको ‘ब्रिफिङ’– ‘बदमासीको गन्ध आएपछि कर्मचारी सरुवा गरेको हुँ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस बैठकमा गृहमन्त्रीको ‘ब्रिफिङ’– ‘बदमासीको गन्ध आएपछि कर्मचारी सरुवा गरेको हुँ’

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८२, सोमबार

    काठमाडाै, १२ जेठ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा बदमासीको गन्ध आएपछि कर्मचारी सरुवा गरेको ब्रिफिङ गरेका छन् ।

    सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले आफ्नो संलग्नता नरहेको दाबी गर्दै केही कर्मचारीले बदमासी गरेपछि सरुवा गरेको बताएका हुन् । 

    ‘हामीहरूले भिजिट भिसा प्रकरणमा के हो भनेर कुरा उठायौं । गृहमन्त्रीले आफ्नो बारेमा उठेका प्रश्नबारे बैठकमा जवाफ दिनुभयो,’ बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले भने, ‘केही कर्मचारीले बदमासी गरेको थाहा पाएपछि कर्मचारी हटाएको हुँ भनेर उहाँले प्रस्ट पार्नुभयो ।’

    अख्तियारले गरेको छानबिनमा केही कर्मचारीको संलग्नता देखिएपछि भिजिट भिसामा विदेश पठाउँदाको बदमासी बाहिर आएको थियो । 

    लेखकले कर्मचारीको बदमासीमा आफूलाई जाडेर राजनीतिक रूपमा चरित्रहत्या गर्न खोजिएको बताएका थिए । 

    ‘अध्यागमनमा भएका बदमासीका विषय थाहा भएपछि र कम्प्लेन आएपछि केही कर्मचारीलाई मन्त्रालय तानेको हो भन्नुभयो । त्योबाहेक केही छैन । मेरो कुनै संलग्नता छैन । मलाई व्यक्तिगत रूपमा राजनीतिक आक्रमण भयो । बदनाम गर्ने काम भयो भनेर उहाँले भन्नुभयो, ’ सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले भनिन्, ‘यस्ता गलत कुरामा मेरो संलग्नता छैन । पार्टीले जे भन्छ, त्यही गर्छु भन्ने उहाँको कुरा थियो ।’