तनहुँमा गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइने

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८२, सोमबार

    दमाैली, १२ जेठ । गणतन्त्र दिवस तनहुँमा विविध कार्यक्रम गरी मनाइने भएको छ । जिल्लास्तरीय गणतन्त्र दिवस समारोह समितिको बैठकले दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

    जसअनुसार जेठ १४ गते नेपाल पत्रकार महासंघ तनहुँको संयोजनमा गणतन्त्र दिवस विशेष रेडियो परिसंवाद, विशेष समाचार र सम्पादकीय प्रशारण प्रकाशन गर्नेछन् । जेठ १४ गते नै सम्बन्धित धार्मिक संस्थाको संयोजनमा विभिन्न मठमन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका स्थानमा पूजापाठ तथा प्रार्थना गर्ने, जेठ १४ गते नै तनहुँ उद्योग वाणिज्य संघ र व्यास १, २, ३ र ४ वडाको संयोजनमा महत्वपूर्ण सार्वजनिक स्थानमा सरसफाइ, जेठ १४ गते शिक्षा विकास तथा समन्वय इकाइ, व्यास नगरपालिका शिक्षा शाखा र सामाजिक विकास कार्यालयको संयोजनमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना हुनेछ ।

    सोही दिन सामाजिक विकास कार्यालयको संयोजनमा जनज्योति माविमा बौद्धिक अपाङ्गता विद्यार्थीलाई पोशाक वितरण, व्यास नगरपालिकाको संयोजनमा अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिनेछ ।

    जेठ १५ गते जिल्ला समन्वय समिति र व्यास नगरपालिकाको संयोजनमा राष्ट्रिय गान, झण्डोत्तोलन, सहिदहरुप्रति सम्मान कार्यक्रम, प्रभातफेरी, तनहुँ उद्योग वाणिज्य संघको संयोजनमा फलफूल वितरण, जेसीआइ व्यास नगरको संयोजनमा दीप प्रज्ज्वलन, प्रदेश जनसवास्थ्य कार्यालयको संयोजनमा नागरिक स्वास्थ्य परीक्षण हुनेछ ।