दमौली र सत्रसयमा सहिद गेट निर्माणका लागि समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली र सत्रसयमा सहिद गेट निर्माणका लागि समिति गठन

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८२, सोमबार

    दमाैली, १२ जेठ । दश वर्षे जनयुद्धमा जीवन बलिदानी गर्ने अमर सहित तथा बेपत्ता योद्धाहरुको स्मृतिमा निर्माण गरिएको सहिद गेट निर्माणका लागि सरोकार समिति गठन गरिएको छ ।

    व्यास नगरपालिका–२ र ४ दमौली र आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा विसं २०६६ सालमा निर्मित सहिद बेपत्ता योद्धा स्मृति गेट मुग्लिन पोखरा सडक योजना पूर्वी खण्ड स्तरोन्नतिका क्रममा भत्किएको थियो ।

    दुवै ठाउँको गेट निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका केन्द्रीय सदस्य राजेन्द्रकेशरी न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ । नेकपा (माओवादी) केन्द्रको पार्टी कार्यालयमा आज बसेको बैठकले समितिको सचिवमा नेकपा बहुमतका केन्द्रीय सदस्य नेत्र रानाभाट, सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका जिल्ला संयोजक सूर्यबहादुर गौली, नेकपा (बहुमत) का इन्चर्ज निरु थापा, नेकपा तनहुँका इन्चार्ज विनोद विक निशान, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँका सुन्दरलाल श्रेष्ठ र अखिल नेपाल कम्युनिष्ट पार्टीका भक्तबहादुर रसाइली चयन भएका छन् ।