प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८२, मंगलवार

    दमौली, १३ जेठ । गण्डकी प्रदेश सरकारले प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य मन्त्री कृष्ण पाठकका अनुसार मनाङ र मुस्ताङ प्रदेश अस्पताललाई २५ शैयामा स्तरोन्नति गर्ने निर्णय भएको छ । हाल दुवै अस्पतालको क्षमता १५ शैया मात्रै छ । पर्वत, स्याङ्जा र दमौली प्रादेशिक अस्पताललाई १५ बाट ५० शैयामा स्तरबृद्धि गरिएको छ । २५ शैया क्षमता रहेको पोखराको मातृ शिशु अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने निर्णय भएको छ । पोखराको जनरल तथा सरुवा रोग अस्पताललाई २५ शैयाबाट ५० शय्यामा स्तरोन्नति गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

    स्वास्थ्य मन्त्री पाठकले स्तरोन्नतिको निर्णयपछि अस्पतालहरूमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने बताए।