अग्निपीडितलाई आर्थिक तथा खाद्यान्न सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    अग्निपीडितलाई आर्थिक तथा खाद्यान्न सहयोग

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८२, बिहीबार

    दमाैली, २१ जेठ । तनहुँको ऋषिङ गाउँपालिका–७ पोखरीभञ्ज्याङमा घरमा आगलागी भएका पीडितलाई स्थानीयवासीले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । कच्ची घरमा किराना पसल सञ्चालन गर्दै आएकी सनिसरा आलेलाई स्थानीयवासीले सहयोग गरेका हुन् ।

    मङ्गलबार दिउँसो ग्यास चुहिएर आगलागी हुँदा आलेले सञ्चालन गरेको पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । पीडितको दुःखमा मलम लगाउने उद्धेश्यसहित आज स्थानीयवासीले सहयोग गरेको वडाध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

    पीडितलाई स्वर्गीय केशरबहादुर आलेको परिवारबाट रु २६ हजार नगद, दुई थान ब्ल्याङ्केट, १४ थान लत्ताकपडा, स्व. भविलाल आलेको परिवारबाट रु पाँच हजार नगद, चार थान लत्ताकपडा, नरबहादुर आलेको परिवारबाट रु सात हजार नगद, टिकाराम आलेबाट रु एक हजार पाँच सय नगद, स्व. पदमबहादुर आलेको परिवारबाट रु १५ हजार नगद, तिलबहादुर आलेबाट एक बोरा चामल, तरकारी, भाडाकुडा सहयोग गरिएको छ ।