डिजी लिंकको निशुल्क स्वास्थ्य शिविरमा २ सय ३३ जना लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    डिजी लिंकको निशुल्क स्वास्थ्य शिविरमा २ सय ३३ जना लाभान्वित

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८२, शनिबार

    दमाैली, २४ जेठ । डिजी लिंक नेटवर्क प्रालिको ११ औं वार्षिकोत्सवको अवसरमा शनिवार दुलेगौंडामा आयोजित विशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविरमा २ सय ३३ जना लाभान्वित भएका छन् ।

    तनहुँ सेवा हस्पिटल, आविष्कार अस्पताल र युआरएल फाउण्डेसनको प्राविधिक सहयोगमा सो शिविर भएको हो । शिविरमा छाती रोग विशेषज्ञ डा. कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. मेघराज लामिछाने, छाला रोग विशेषज्ञ डा. रमेश शर्मा, जनरल सर्जरी मत्सेन्द्र झा, भिडियो एक्सरे डा. सन्तोष बराल, लगायतले स्वास्थ्य परिक्षण गरेको अस्पतालका व्यवस्थापक विष्णुप्रसाद अर्यालले जानकारी दिए ।

    शिविरमा सुगर युरिक एसिड, कोलस्ट्रोल, टिजी, इसीजी, भिडियो एक्सरे निुशल्क र एक्सरेमा ५० प्रतिशत छुट प्रदान गरिएको थियो । तनहुँ सेवा हस्पिटल पसिरमा आयोजित शिविरमा प्रयोगशालामा १ सय ३९, इसीजी ३९ र एक्सरे २७ जनाले सेवा लिए डिजी लिंक नेटवर्कका अध्यक्ष विपिन वाग्लेले शिविर सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै संस्थाको सामाजिक उत्तरदायित्वलाई निरन्तर अवलम्बन गर्दै जाने प्रतिवद्धता जनाए ।

    लिंकले तनहुँको शुक्लागण्डकी, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका, कास्कीको लेखनाथ र पाल्पाको रामपुर क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आएको डिजी लिंकका निर्देशक विवेक वाग्लेले जानकारी दिए । कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।