डा. बुद्धि मल्लको ‘सपना साकार हुन्छन्’ पुस्तक प्रकाशित हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डा. बुद्धि मल्लको ‘सपना साकार हुन्छन्’ पुस्तक प्रकाशित हुने

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८२, मंगलवार

    काठमाडौ, २७ जेठ । बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा) चॉडै बजारमा आउने भएको छ । लेखकले पहिलो पुस्तक सफलता सम्भव छ पछि दोश्रो पुस्तक ल्याउने तयारी गरेका हुन् । लेखकले यस पुस्तकमा नेतृत्वका विभिन्न विषयहरुमा लेखिएका लेखहरु समावेश गरि पाठकहरुले उत्प्रेरणा जगाउने प्रयास गरेका छन् ।

    शिखा बुक्स प्रा. लि.को प्रकाशनमा आउन लागेको पुस्तक सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा) मा विभिन्न विधाका ४८ वटा लेखहरु समावेश गरिएका छन् जसले गर्दा पाठकहरुले आफूलाई समय अनुकूलतामा कुनै एउटा वा दुईवटा लेखहरु पढ्दै पुस्तक पढेर सक्न सकिनेछ भने लेखहरुको सान्दर्भिकता जहिल्यै पनि रहने र उत्प्रेरणाको खांचो जुनसुकै उमेरको ब्यक्तिहरुलाई रहने भएकोले पनि यो सबैको लागि उपयुक्त हुने र सबै उमेर समूहको लागि यसले एउटा उत्प्रेरणाको श्रोतको रुपमा भूमिका खेल्न सक्ने लेखक डा. मल्लको बिश्वास रहेको छ ।