देशभर सामान्यदेखि भारी वर्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभर सामान्यदेखि भारी वर्षा

    खबरपुञ्ज संवाददाता

    ३२ जेष्ठ २०८२, आईतवार

    काठमाडौ, १ असार । पछिल्लो १२ घण्टामा देशका विभिन्न भागमा पानी परेको छ । गण्डकी, मधेस, बागमती र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

    दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पुगेको छ ।

    केही भू–भागमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ । काठमाण्डौ उपत्यकामा बिहानैदेखि छिटपुट परिरहेको छ भने आकाशमा बाक्लो बादल देखिएको छ ।

    दिउँसो उपत्यकासहित आसपासका क्षेत्रमा समेत वर्षाको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।