पोखरामा जारी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट: पहिलो दिनको दोस्रो खेलमा तनहुँ विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पोखरामा जारी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट: पहिलो दिनको दोस्रो खेलमा तनहुँ विजयी

    खबरपुञ्ज संवाददाता

    ३२ जेष्ठ २०८२, आईतवार

    पोखरा, १ असार । पोखरामा आज बाट सुरु भएको गण्डकी प्रदेशस्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा तनहुँ विजयी भएको छ ।

    तनहुँको जितमा बंश क्षेत्रीले अविजित ७० रनको अर्धशतकिय पारी खेल्दै  बाग्लुङलाई १० रनले पराजित गरेको छ । 

    समुह ‘ए’को खेलमा तनहुँले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको तनहुँका लागि वंश छेत्रीले ७० रनको महत्वपूर्ण अविजित अर्धशतकिय पारी खेलेका हुन् । उनले ५४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पु¥याएका थिए ।

    त्यस्तै तनहुँका लागि सुप्रिम सुनारले १९ रन, नरेश शाहीले १४ रन, र समीर कँडेलले १० रनको योगदान दिए ।

    बाग्लुङका बलर विश्व कार्कीले ३ विकेट लिए भने अश्विन थापा र सन्चार निउरेले समान २–२ विकेट हात पारे । 

    जवाफमा १३५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बाग्लुङ ६ विकेट गुमाउँदै १२४ रनमै सीमित रह्यो ।

    बाग्लुङका लागि बिबेक नेपालीले ४९ बलमा ३७ रनको अविजित पारी खेले भने आरस तामाङले १९ रन, चन्द्रदीप यादवले १७ रन र साहिल स्वर्णकारले १९ रन बनाए । 

    तनहुँका बलरहरू उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङको रन गति नियन्त्रणमा राख्न सफल भए । वंश क्षेत्रीले बलिङमा पनि २ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बने ।  साथै, चन्द्रकान्त पौडेलले पनि २ विकेट लिंदा सन्दीप पराजुली र क्रिश अय्यरले १–१ विकेट लिए ।