तनहुँमा कार्यरत चार हवल्दार वरिष्ठ हवल्दारमा बढुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा कार्यरत चार हवल्दार वरिष्ठ हवल्दारमा बढुवा

    खबरपुञ्ज संवाददाता

    २ असार २०८२, मंगलवार

    दमाैली, ३ असार । तनहुँमा कार्यरत चार जना प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन् । असार २ गते बसेको बढुवा समितिको बैठकले तनहुँका चार हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गरेको हो ।

    बढुवा हुनेमा इलाका प्रहरी कार्यालय चन्द्रावतीमा कार्यरत बुद्धिप्रसाद अधिकारी, नेपाल प्रहरी विशेष गण बेलचौतारामा कार्यरत धनपति शर्मा, इलाका प्रहरी कार्यालय बन्दीपुरमा कार्यरत सुनिल लामा र नेपाल प्रहरी विशेष गण बेलचौतारामा कार्यरत भिमबहादुर कुंवर रहेका छन् ।