काठमाडाै, ३ असार । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्र्गत मंगबलार सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई पराजित गरेको छ ।
टिटउट रङ्गशालामा भएको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो ।
नेपालको जितमा कुशल भुर्तेललले सर्वाधिक ३० रनको योगदान दिए । ३५ बलमा उनले ४ चौकासहित ३० रन बनाएका हुन् । यसैगरी दीपेन्द्र सिंह ऐरीले १४ तथा बसिर अहमतले १३ रनको योगदान दिए । यसैगरी किरण ठगुन्नाले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले नेपाललाई जितका लागि ९८ रनको लक्ष्य दिएको थियो । स्कटल्यान्डले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको हो । स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने । त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।