कृषकलाई बाँदर धपाउने लेजर लाइट वितरण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कृषकलाई बाँदर धपाउने लेजर लाइट वितरण सुरु

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८२, बिहीबार

    दमौली, १२ असार । व्यास नगरपालिकाले कृषकहरूलाई बादरको समस्या समाधान गर्न सहयोग पु¥याउने उद्धेश्यले लेजर लाइट वितरण सुरु गरेको छ । नगरपालिकाले हाल परीक्षणका लागि बाँदर धपाउने लेजर लाइट वितरण सुरु गरेको हो ।

    प्रारम्भिक चरणमा नगरका केही स्थानहरूमा यी लाइटहरू परीक्षणस्वरूप वितरण गरिनेछ । प्रयोग सफल भएमा नगरपालिकाका सबै १४ वडामा क्रमिक रूपमा वितरण विस्तार गरिने योजना रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

    उनले भने, “बाली नष्ट गर्ने बाँदरबाट पीडित कृषकहरूको गुनासोलाई सम्बोधन गर्न वैज्ञानिक उपायको प्रयोग गर्न लागिएको हो । यदि यो प्रविधि प्रभावकारी देखियो भने यो दीर्घकालीन समाधान बन्न सक्छ ।”

    बाँदरलाई धपाउन प्रयोग गरिने यो लेजर लाइट राति र दिन दुवै समयमा उपयोगी हुने विश्वास लिइएको छ । नगरपालिकाले कृषकहरूलाई प्रयोग सम्बन्धी तालिम र सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।