शुक्लागण्डकीका मेयर पण्डित काङ्ग्रेस जिल्ला सदस्यमा मनाेनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीका मेयर पण्डित काङ्ग्रेस जिल्ला सदस्यमा मनाेनित

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८२, बिहीबार

    दमाैली, १२ असार । नेपाली काङ्ग्रेस तनहुँले शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई जिल्ला सदस्यमा मनाेनित गरेकाे छ । पार्टी सभापति जितप्रकाश आलेकाे अध्यक्षतामा बिहीबार बसेकाे बैठकले पण्डितलाई जिल्ला सदस्यमा मनाेनित गरेकाे हाे ।

    यस्तै विभिन्न सल्लाहकार समितिको पुनर्गठन गरि नेपाली कांङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुलीलाई विशिष्ठ सल्लाहकार तथा राष्ट्रिय सभाका सदस्य पदमबहादुर परियार, महासमिति सदस्य याम बहादुर आलेलाई विशेष सल्लाहकारमा मनाेनित गरेकाे प्रवक्ता हरि वाग्लेले जानकारी दिए ।

    बैठकमा नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल किसान संघका सभापतिहरुले आ-आफ्‌नो संगठनमा भएको प्रगति विवरणका बारे जानकारी गराएका थिए ।