दमाैली, १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा शुक्रबार सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार व्यास नगरपालिकाभित्रका विभिन्न विद्यालयका नतिजा आउने क्रम जारी छ ।
हालसम्म प्राप्त नतिजा अनुसार व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयबाट ९४.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका अनुसार उत्कृष्ट ल्याउनेले ३.९८ जिपिए ल्याएका छन् । विद्यालयका तीन सय तीन जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका ७७.२७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३.६–४.० जिपिए ल्याउने ६ जना, ३.२–३.६ जिपिए ल्याउने ७ जना, २.८–३.२ जिपिए ल्याउने २२ जना, २.४–२.८ जिपिए ल्याउने १६ जना विद्यार्थी छन् ।
व्यास नगरपालिका-५ पाटनस्थित पराशर माध्यमिक विद्यालयबाट उच्चतम ३.७२ जिपिए सहित ९०.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
व्यास नगरपालिका–१० स्थित सवज्योति माध्यमिक विद्यालयबाट ३.७४ जिपिए सहित ८१.२५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
सोही वडाको शिव माध्यमिक विद्यालयबाट ३.५४ उत्कृष्ट जिपिए सहित ८१.२५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।