पूर्वराष्ट्रपति भण्डारीले गरिन् औपचारिक राजनीतिमा फर्किएको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वराष्ट्रपति भण्डारीले गरिन् औपचारिक राजनीतिमा फर्किएको घोषणा

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८२, शनिबार

    काठमाडाै, १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक राजनीतिमा फर्किएको घोषणा गरेकी छन्। मदन भण्डारीको जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन्।

    त्यसका लागि आफूले पार्टी सदस्यता नवीकरण गरेको पनि भण्डारीले बताइन्। ‘पार्टी सदस्यता नवीकरण गरेको छु। एमालेको एक सदस्यको रूपमा पुन जोडिएको छु,’ उनले भनिन्।

    पार्टीमा फर्केपछि आफ्नो विशिष्ट आकांक्षा नभएको पनि उनले बताइन्। पार्टी जिम्मेवारीमा फर्किएको घोषणाअघि भण्डारीले आफू राष्ट्रपतिबाट बाहिरिएको दुई वर्षको अन्तरालमा आफूले मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया  र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको उनले बताइन्।

    ‘यसबाट सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने मेरो निष्कर्ष छ,’ उनले भनिन्।

    पार्टी राजीनीतिमा फर्किएको घोषणा गर्दै गर्दा भण्डारीले मदन भण्डारीको भनाइ सम्झिइन्।