छानबिनबाट दोषी देखिए कारबाहीका लागि तयार छु– रामहरि खतिवडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    छानबिनबाट दोषी देखिए कारबाहीका लागि तयार छु– रामहरि खतिवडा

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८२, मंगलवार

    काठमाडाै, १७ असार । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयक पारित गर्ने क्रममा षडयन्त्र भएको बताएका छन् । यसको छानबिन आवश्यक रहेको र दोषी देखिए आफू कारबाहीका लागि तयार रहेको उनले बताए । 

    मंगलबार सभामुखसँगको भेटपछि सभापति खतिवडाले निजामती विधेयकबाट कुलिङ पिरियड हटाइनु संसद्‌माथिको ठूलो प्रहार भएको बताएका हुन् । ‘कसको गल्तीबाट गयो, कारबाही गर्नुपर्छ भनेका छौं । यो घटना संसद्‌माथिको ठूलो प्रहार हो, छानबिन गर्नुपर्छ,’ खतिवडाले भने, ‘म आफैंमाथि पनि छानबिन होस् । मेरो दोष देखियो भने कारबाहीको दायरामा आउन तयार छु ।’

    आइतबार प्रतिनिधिसभाबाट विधेयक पारित भएको थियो । तर, विधेयकमा छेडखानी गरेर कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइएको भन्दै सांसदहरूले चर्को विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले पनि यसको छानबिन गर्ने प्रतिवद्धता सांसदहरूसँग गरेका छन् ।