आँबुखैरेनी गाउँपालिकाद्वारा कृषि बाली पात्रो विमोचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिकाद्वारा कृषि बाली पात्रो विमोचन

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८२, बिहीबार

    दमौली, १९ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुँदै आएका १२ प्रमुख बालीहरूको वैज्ञानिक उत्पादन तालिका तथा जैविक प्रविधिको जानकारी समेटिएको ‘कृषि बाली पात्रो’ सार्वजनिक गरेको छ ।

    गाउँपालिकाको कृषि शाखाको पहलमा तयार गरिएको सो पात्रोको उद्धेश्य कृषकलाई सही समयमै बाली रोपाइँ, स्याहार, मल व्यवस्थापन, रोग नियन्त्रण तथा कटाइ–थन्काइसम्बन्धी समुचित जानकारी प्रदान गर्नु रहेको छ ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले यो पात्रोले कृषकहरूलाई मौसमअनुकूल खेती प्रणाली अपनाउन सहयोग पु¥याउने जानकारी दिए । साथै जैविक खेतीका प्रविधिहरूको प्रचारप्रसार गर्दै दिगो कृषि प्रणालीमा अभिप्रेरित गर्ने केसीको भनाइ छ ।

    पात्रोमा अन्नबाली, तरकारीबाली, दलहन, तेलहन, फलफूल लगायत १२ विभिन्न बालीहरूका विशेषता, बिउ छनोटदेखि भण्डारणसम्मका चरणहरू, र जैविक मलको प्रयोग विधि उल्लेख गरिएको छ । स्थानीय किसानहरूका लागि मार्गदर्शकको रूपमा काम गर्ने अपेक्षासहित सार्वजनिक गरिएको यो पात्रो हरेक वडाका कृषक समूहहरूलाई वितरण गरिने केसीले बताए ।