दमौली, १९ असार । सामाजिक अभियान्ता सुदीप गफ्फारको आयोजनामा गत जेठ १७ गते आयोजित बुल्दी खोला सरसफाई अभियान अन्तर्गतको भिडियो प्रतियोगिताको उपाधि तनहुँ तक्षशिला एकेडेमीले जितेको छ ।
बिहीबार राति ९ बजे घोषित नतिजा अनुसार तनहुँ तक्षशिलाले ३२ हजार सात सय भ्युजका आधारमा भिडियो प्रतियोगिताको उपाधि जितेको हो ।
त्यस्तै २५ हजार चार सय भ्युजका आधारमा लियो क्लव अफ तनहुँ द्वितीय भएको छ । प्रथम हुनेलाई रु ५ हजार र द्वितीय हुनेलाई रु दुई हजार पाँच सय नगद पुरस्कार प्रदान गरिने गफ्फारले जानकारी दिए । शनिबार तनहुँ उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजना हुने कार्यक्रममा पुरस्कार वितरण गरिनेछ ।
जेठ १७ गते बुल्दीखोलामा आयोजित सरसफाइको भिडियो बनाएर पठाउनेमध्ये धेरै भ्युजका आधारमा पुरस्कृत घोषणा गरिएको हो ।